दफा ३०
पालना गर्नु पर्ने
(१) यस ऐन बमोजिम; अनुगमन वा मूल्याङ्कन गर्ने अनुगमनकर्ता वा मूल्याङ्कनकर्ताले (देहायको व्यवस्था पालना गर्नु पर्नेछः-
(क) कुनै आयोजनाको अनुगमन वा मूल्याङ्कन गर्दा त्यस्तो आयोजनाको स्रोत, साधनको प्रयोग गर्न वा त्यस्तो आयोजनाको तर्फबाट कुनै प्रकारको सुविधा लिन नहुने,
(ख) कार्यान्वयन प्रक्रियामा आफू संलग्न भएको आयोजनाको अनुगमन वा मूल्याङ्कनमा संलग्न हुन नहुने,
(ग) अनधिकृत व्यक्तिलाई अनुगमन वा मूल्याङ्कनको जिम्मा दिन नहुने,
(घ) अनुगमन बा मूल्याड्रन गर्दा सौहार्दपूर्ण र शिष्ट व्यवहार गर्नु पर्ने, र
(ङ) अनुगमन वा मूल्याङ्कन गर्दा निष्पक्षतापूर्वक गर्नु पर्ने।
(२) उपदफा (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफू कार्यरत रहेको आयोजनाको प्रमुख वा कर्मचारीको हैसियतमा त्यस्तो आयोजनाको अनुगमन वा मूल्याङ्कन गर्दा सो व्यवस्था लागू हुने छैन।
(३) उपदफा (१) मा उल्लिखित विषयका अतिरिक्त आयोगले अनुगमन वा मूल्याङ्कनको कार्यमा खटिने. अनुगमनकर्ता वा मूल्याङ्कनकर्ताले पालना गर्नु पर्ने आचारसंहिता. बनाई लागू गर्न सक्नेछ।